क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु
क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ ।
राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टिन पुगेका थिए ।
नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उनको मृत्यु भएको छ ।” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने उनले बताए ।
मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु-याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।
अरु समाचार
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...
तपाईंको मास्क खोई ?’ प्रहरीले बाँड्यो ५ ह...
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्...
मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका ...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी...
पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला ...
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्...
कोरोनाबारे सचेतना जगाउँदै प्रहरी
हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्द...
कारागारका एक कैदीको मृत्यु
दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा...
नवजात शिशु मृत फेला
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फे...
वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु
वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महा...