अलपत्र २५० मजदुरको उद्धार

अलपत्र २५० मजदुरको उद्धार

कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदुरको उद्धार गरिएको छ।

लकडाउनका कारण अलपत्र  २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको हो।

त्यस्तै मजदूरलाई पुर्‍याएर फर्केको बसमा भोजपुर घर भई काठमाडौं, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनाको स्वास्थ्य परीक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको उनले बताए। जिल्लामा करीब तीन महिनालाई पुग्ने खाद्यान्न भण्डारमा रहेको प्रजिअ पुरीले जानकारी दिए।

‘भोजपुरमा कोरोनाको कारण आत्तिनुपर्ने अवस्था छैन, बाहिर नपठाउने हो भने तीन महिनालाई पुग्ने खाद्यान्न स्टक छ, अन्य तेल, नुनसँगै पेट्रोलियम पदार्थको पनि  जिल्लामा अभाव छैन’, उनले भने।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.