सामान्य प्रकृतिका मुद्दाका २० कैदीलाई छाड्दै धनुषा प्रहरी

सामान्य प्रकृतिका मुद्दाका २० कैदीलाई छाड्दै धनुषा प्रहरी

जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गर्ने रणनीति लिएको छ । विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएसँगै प्रहरीले हिरासतको चाप घटाउन यस्तो रणनीति लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृतिबाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताए ।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएकाले प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १२ थुनुवालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकामा चार पुर्पक्षका लागि थुनामा पठाइएको र आठ जनालाई रिहा गरिएको जानकारी दिए ।

उपरीक्षक कार्कीका अनुसार सोमबार पनि १० थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरिएको छ । प्रहरी कार्यालयको हिरासतमा ६० जना थुनामा छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.