माछापुछ्ररे बैंक र प्रहरीको संयुक्त पहलमा उपत्यकाका १६ स्थानमा हात धुनका लागि साबुन-पानीको व्यवस्था

माछापुछ्ररे बैंक र प्रहरीको संयुक्त पहलमा उपत्यकाका १६ स्थानमा हात धुनका लागि साबुन-पानीको व्यवस्था

विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागी माछापुछ्ररे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाडौं उपत्यकाको बढि भिडभाड हुने र जोखिम बढि हुने १६ स्थानमा सर्वसाधरणहरूलाई हात धुनको लागी साबुनसहित पानी ट्याङकी राखिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैङक संगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरको बढी भिडभाड हुने स्थानहरूमा पानी ट्याङकी राखिएको जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथामको लागी अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी, बढी भिडभाड हुन नदिने लगायतका कार्यहरू सार्वजनिक गरेको अबस्थामा महानगरीय प्रहरी कार्यालयले आफ्नो तर्फबाट सतर्कता अपनाउदै नागरिकको सहजताको लागी बैङक संगको सहकार्यमा उक्त कदम चालिएको बताए ।

साबुन पानीले हात धुने, स्यानीटाईजरको प्रयोग र माक्स लगाएर हिडेमा पनि केही हद सम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको राय अनुसार उपत्यकामा सर्वसाधरण नागरिकहरूको सहजताको लागी उक्त कार्य गरिएको बताउदै सार्वजनीक स्थानहरूमा राखिएको साबुन पानीले हात धुन सबैमा आग्रह गरे ।

कोरोना भाईरसको महामारी नियन्त्रण नभए समम्मको लागी बढी भिडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्चर, गौशला, केएमसी अस्पताल सिनामंगल, महाराजगंज चोक, शिक्षण अस्पताल लगायतका स्थानहरूमा आइतबार देखिनै राखिएको जानकारी दिए । यसै गरी प्रसुती गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढि हुने स्थानहरूमा भोली सम्म राखि सकिने जानकारी समेत दिए ।

हरपल आम नागरिकको सेवा र सुरक्षामा हामी तैनाथ हुने छौ भन्दै पोखरेल भन्छन् “ प्रहरी कर्मचारीहरूको लागी माक्स वितरण गरेका छौ, सर्वसाधरण नागरिकको लागी सार्वजनिक स्थानहरूमा सावन सहित को पानी ट्याङकी स्थापना गरेका छौ” ।

हामी तपाईको लागी बाहिर निस्कन्छौ हाम्रो लागी तपाईहरू भित्र बसिदिनु होला भन्दै अत्यावश्यक काममा बाहेका घरभन्दा बाहिर निस्कने र बढि भिडभाडमा जाने नगर्न सबैमा आग्रह गरे । हामी आफै सचेत भए मात्र रोगबाट बच्न सकिने भन्दै सरकारलेनै सबै कार्य गरिदियोस भन्नु भन्दा आ-आफ्नो ठाउँबाट सकेको उपाय अपनाउनु पर्ने उनले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.