प्रजातन्त्र दिवसमा छुटे बबरमहल बमकाण्डका दोषी

प्रजातन्त्र दिवसमा छुटे बबरमहल बमकाण्डका दोषी

काठमाडौंको बबरमहलमा ८ वर्षअघि भएको बम विस्फोटका दोषी मकवानपुर पदपोखरी पानतलेका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले जेलमुक्त भएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरिदिएकी हुन् । कैद मिनाहाको सुविधा पाएपछि बुधबार दिउँसो केन्द्रीय कारागारले उनलाई छाडेको छ ।

राष्ट्रपति भण्डारीले गोलेसहित ३ सय २९ जना कैदीको कैद सजाय मिनाहा गरेकी हुन्। राष्ट्रपतिले कैद सजाय मिनाह गरेकी गोले २०६८ साल फागुन १५ गते बबरमहलमा भएको बम विस्फोट गर्ने समूहको कोर सदस्य हुन्।

विष्फोटमा धादिङका २२ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मनबहादुर तामाङ र वीरबहादुर तामाङको मृत्यु भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.