महिनावारी भएको चार दिनमा छाउगोठमा युवतीको मृत्यु

महिनावारी भएको चार दिनमा छाउगोठमा युवतीको मृत्यु

अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ ।

जिल्लाकाे साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।  उनी महिनावारी भएको ४ दिन भएको थियो।

आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी हुन्। बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको जेठाजु छत्र रावतले जानकारी दिए।

उनी महिनावारी भएको ४ दिन भएको थियो जेठाजु रावतले बताए । छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको छ। के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ।

अछाममा अहिलेसम्म छाउगोठमै १४ महिलाको मृत्यु भइसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.