मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ वर्षीय रितिक राई रहेको प्रहरीले जनाएको छ । पछाडि सवार सोही स्थानका २१ वर्षीय निरज राईको उपचार भइरहेको छ ।

गएराति १२ बजे उत्तरतर्फ जाँदै गरेको को३६प ९५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका दुवैलाई उपचारको लागि धरानमा पठाइएको थियो । गम्भीर अवस्थामा रहेका रितिकको आज बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको छ । घाइते निरजलाई थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर रेफर गरिएको छ ।

दुर्घटना भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.