रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत्यु, तीन जना घाईते

रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत्यु, तीन जना घाईते

उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका ४ की ३८ वर्षीय निशा दनुवार रहेकी छन् । हिजो दिउसो ३ बजे उनि आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी अधेरी झरना घुम्न गएकी थिईन् ।

सोही क्रममा उनि त्यही ठाँउमा रोकी राखेको प्र२-०१-००१ह०५६० नम्बरको टेम्पोमा गएर बसेकी बेला रुख ढलेर टेम्पुलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।

उक्त रखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ बर्षीय मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ बर्षीय कुमार तामाङ र मृतककै श्रीमान समेत घाईते भएका थिए ।

घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानिय मेडिकलमानै उपचार भईरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.