ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

थाक्रे गाउँपालिका-६ महादेववेशीस्थित सडकमा ना.७ ख ९४४ नम्बरको ट्रकले बा.७३ प २१७६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहुरुमा नुवाकोट विदुर नगरपालिका-१३ बस्ने ३५ वर्षीय नारायण शिवभक्ति र उनकै छोरा १० वर्षीय आर्यन शिवभक्ती रहेका छन् । उनीहरुमध्ये आर्यनको घटनास्थलमै र नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धादिङ त्रिपुरासुन्दरी बस्ने २० वर्षीय जिबन घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.