सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

चितवन, रत्ननगर नगरपालिका-१० हरिहर मन्दिर अगाडि सडकमा बा.२ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा.९२ प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकलमा सवार सुनसरी धरान-९ बस्ने २० वर्षीय गौरव राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुकुम(पूर्व), सिस्ने गाउँपालिका-५ रुमालबारास्थित सडकमा लु.४ त ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक २१ वर्षीय ईन्द्र बहादुर बुढाथोकीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने २१ वर्षीय जिवन बुढाथोकीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.