भक्तपुरको कुखुरा फर्ममा आगलागी हुँदा २७ सय कुखुरा जले

भक्तपुरको कुखुरा फर्ममा आगलागी हुँदा २७ सय कुखुरा जले

भक्तपुर चाँगुनारायणको एउटा पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखुरा जलेर नष्ट भएका छन्।

चाँगुनारायण-८ जितपुरका दीपक गिरीले सञ्चालन गरेको पोल्ट्री फार्ममा मंगलबार बिहान आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरका प्यारेन्ट कुखुरा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

गहुँको छवालीले छाएर बनाइएको फार्ममा भुसे चुलोबाट आगो सल्किएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग सुडालको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.