पौडी खेल्नेक्रममा डुबेर एकको मृत्यु

पौडी खेल्नेक्रममा डुबेर एकको मृत्यु

रुपन्देहीमा खोलामा पौडी खेल्नेक्रममा डुबेर एकजना किशोरको मृत्यु भएको छ।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ हात्तीडाँडास्थित रोहिणी खोलामा डुबेर पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ अस्नैया बस्ने १५ वर्षीय करण रानाको मृत्यु भएको हो।

आफ्नै दाजु किरण राना सहित ८ जनाको समूहमा खोलामा पौडी खेल्न गएका उनी डुबेका थिए।

खोलामा डुबेर वेपत्ता भएको खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्दै जाँदा खोलामै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.