चट्याङ लागेर महोत्तरीमा एकजनाको मृत्यु

चट्याङ लागेर महोत्तरीमा एकजनाको मृत्यु

महोत्तरीको बर्दिवास नगरपालिकामा चट्याङ लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

भंगहा नगरपालिका-७ का ६० वर्षीय दुखा चौधरीको खेतमा काम गर्न गएका बेला चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतकको शवलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.