तनहुँमा जिप दुर्घटना : दुईजनाको मृत्यु, ६ जना घाइते

तनहुँमा जिप दुर्घटना : दुईजनाको मृत्यु, ६ जना घाइते

तनहुँको ऋषिङ गाउँपालिका-१ देउलीखोलामा सोमबार जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाइते  भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका-८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका-५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जिपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

व्यासनगरपालिका-५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जिप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.