ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।

डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण गण कञ्चनपुरमा कार्यरत ऐर शनिवार राती ड्युटी गरिरहेको बेला बेहोस भएका थिए । बेहोस भएपछि उपचारका लागि धनगढी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।

प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा उनले ११–७९ औं समूहको तालिम सफलतापूर्वक हाँसिल गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.