खोलाले बगाउँदा एक पुरुषको मृत्यु

खोलाले बगाउँदा एक पुरुषको मृत्यु

डडेल्धुरामा नुहाउन गएका एक पुरुषलाई खोलाले बगाउँदा मृत्यु भएको छ।

सोमबार दिउँसो गन्यापधुरा- २ मेलमुडाका ४८ वर्षीय मानबहादुर बोहराकाे स्थानीय रडुवा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ । बिहान घरबाट नुहाउन खोलामा गएका उनी १–२ घण्टासम्म नर्फिएपछि खोज्दै जाँदा उनी रडुवा खोलामा मृत अवस्थामा फेला परेका हुन्।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.