करेन्ट लागेर एक जनाकाे मृत्यु

करेन्ट लागेर एक जनाकाे मृत्यु

सप्तरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे राजविराज नगरपालिका-१ रहम्तपुर बस्ने ३५ वर्षीय महम्द ईजलाम आलमको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हाे । करेन्ट लागेर घाइते भएका आलमको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.