दाङमा स्कार्पियोको ठक्करबाट २ जनाको मृत्यु, ३ जना घाइते

दाङमा स्कार्पियोको ठक्करबाट २ जनाको मृत्यु, ३ जना घाइते

दाङमा शनिबार राति बाटो काट्ने क्रममा स्कार्पियोले ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ।

घाइतेमध्ये राप्ती गाउँपालिका-८ पिपरीका ८ वर्षीय निसान चौधरीको बुटवलमा र ५० वर्षीय राजकुमार चौधरीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

उनिहरुलाई भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका– ४ पिपरीचोकमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिएकाे थियाे ।

सोही घटनामा परेर घाइते अन्य ३ जनाको बुटवलमा उपचार भइरहेको छ । घाइते हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका ७ वर्षकी बालिका सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उनकी २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् ।

प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.