रातो खोलाले बगाएर १ जना बेपत्ता

रातो खोलाले बगाएर १ जना बेपत्ता

महोत्तरीमा रातो खोलाले बगाएर आज एक स्थानीय व्यक्ति बेपत्ता भएका छन् ।

जिल्लाको भंगहा नगरपालिका –६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो । धनुषाको जनकपुरबाट साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका–११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने  खोला सवारी साधन काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन्  ।

कापरलाई सयौंँ स्थानीयवासी र प्रहरीको टोलीले व्यापक खोजतलास गरे पनि अझै फेला परिनसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.