छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाकाे मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाकाे मृत्यु

रुपन्देही,काभ्रे, चितवन,धादिङ र बारामा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाकाे मृत्यु भएको छ ।

रुपन्देही, माँयादेबी गाउँपालिका-५ मकरीस्थित सडकमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ३४२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-४ पर्सौनी बस्ने ३३ वर्षीय रिजमान अहमद मुसलमानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रे, बनेपा नगरपालिका-४ शेरास्थित सडकमा बा.१ क ९२३६ नम्बरको मिनि टिपर अचानक ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरका सह-चालक भक्तपुर सूर्यबिनायक नगरपालिका-७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-२९ मुग्लिङ नारायणगढ सडक-खण्डको खहरे भन्ने स्थानमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

धादिङ, धुनिबेशी नगरपालिका-९ खत्रीपौवास्थित सडकमा बा.४ ख ३१०४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नागर्जुन नगरपालिका-३ बस्ने ४० वर्षीय महेश श्रेष्ठको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.५ ख ५४१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार रौतहट माधव नारायण नगरपालिका-१ बस्ने २० वर्षीय पवन जैसवालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकका चालक सुनसरी चक्रघटी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरन मगरको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.