पिङमा बेरिएर १ वर्षीया बालिकाकाे मृत्यु

पिङमा बेरिएर १ वर्षीया बालिकाकाे मृत्यु

सप्तरीमा पिङमा बरिएर १ वर्षीया बालिकाकाे मृत्यु भएको छ ।

जिल्लाकाे खड्क नगरपालिका-८ बिसनपुर बस्नेु हृदय नारायण चौधरीकी १ वर्षीया छोरी हिमानी
कुमारी चौधरीको पिङमा बरिएर सोमबार साँझ मृत्यु भएको हाे ।

आफ्नै घर अगाडि रहेको बकाईनको रुखमा झुलको पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.