कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मंगलबार राति साढे आठ बजे मनहरी गाउँपालिका वडा नम्बर ७ बिजौनास्थित पूर्वपश्चिम सडकखण्डमा बा २१ च ६६४२ नम्बरको कारले ठक्कर दिँदा आन्दाजी ४०-४५ वर्षीय पुरूषको मृत्यु भएको हाे ।

कारकाे ठक्करबाट गम्भिर घाइते भएका पुरुषकाे उपचारकाे क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ। मृतकको पहिचान भने हुन सकेको छैन ।

प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.