गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा पाँच सैनिक घाइते

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा पाँच सैनिक घाइते

गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् ।

बुधबार साँझ तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिदाँ पाँचजना सैनिक घाइते भएका हुन् ।

घाइते हुनेहरुमा रणसिँह दल गण गोरखामा कार्यरत पालुङ्टार ३ निबासी प्रेम परियार, ललितपुर बज्रबाराही नगरपालिकाका रञ्जित राना, कटारी नगरपालिका ८ का इन्द्रबहादुर तामाङ, सिद्धलेक गाउँपालिका १ धादिङ सिताराम सिलवाल रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरुमध्य रञ्जित राना र प्रेम परियारलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र अन्यकाे जिल्ला अस्पताल गोरखामा उपचार भइरहेकाे जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीले ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइ घटनाकाे बारेमा थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.