बस दुर्घटनामा सहचालकको मृत्यु

बस दुर्घटनामा सहचालकको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालक तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी शारदा ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.