माछा पाल्ने पोखरीमा डुबेर दाजुभाइको मृत्यु

माछा पाल्ने पोखरीमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तुमा माछा पाल्ने पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर-८ वेलहवाका तरवेज धुनियाका १० वर्षीय अरमान र १२ वर्षका सलमान धुनिया मुलमानको शुक्रबार दिउँसो मृत्यु भएको हो।

गाँउको सामुदायिक माछापालन पोखरीमा नुहाउन खोज्दा दाजुभाइ डुबेका थिए। उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.