मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा गएराति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए।

मृतकको शव हेटौँडा अस्पतालमा राखिएको र मोटरसाइकललाई ठक्कर दिएको आशंकामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.