छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

भक्तपुर, पर्सा, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ सिर्जना नगरमा प्रदेश नम्बर ३-०२-००७ प २७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार बारा जितपुर सिमरा घर भएकी २६ वर्षीया शान्ति गौतमको मध्यपुर अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक मध्यपुर थिमी नगरपालिका-७ नगदेश बस्ने २३ वर्षीय राजिव वाँढको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित सडकमा ना.८ ख १५१२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१७ अलौ बस्ने ३० वर्षीय अनिल प्रसाद यादवको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, थाहा नगरपालिका-६ शिखरखेलमा बज्रबराहीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३-००२-००४ प.१२३३ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका सोही नगरपालिका बस्ने ६६ वर्षीय मुक्तिनाथ बिडारीको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-११ फुलवारीस्थित सडकमा ग.१६ प ५५२२ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने भोजपुर रामप्रसाद गाउँपालिका-८ वार्षिखोडा घर भएका ३० वर्षीय काईला राई भन्ने राज कुमार राईको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.