पोखरीमा डुवेको अवस्थामा बालकको शव फेला

पोखरीमा डुवेको अवस्थामा बालकको शव फेला

सिरहाको कल्याणपुरमा पोखरीमा डुवेको अवस्थामा एक बालकको शव फेला परेको छ ।

सिरहाको कल्याणपुर नपा ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षि अयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो ।

हिजो देखि हराएका मण्डलकाे शव विहान पोखरीमा फेला परेको हाे । बच्चा नभेटिएपछि आफन्तले रातभरी खोज तलास गर्ने क्रममा विहानमात्र पोखरीमा डुबेकाे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।

बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.