पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बिहीबार इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थियो । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालिएको थियो ।

साथीसँग हिँडेका अधिकारी कसरी डुबे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.