मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएकाे छ ।

भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित राजमार्गमा बिहिवार दिउसाे को १२ प ३५८९ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीए ७२ बर्षीय मोतिलाल यादवको को मृत्यु भएको हाे ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका यादवको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाईकल चालक सप्तरी रूपनी बस्ने ३५ वर्षीय विकाश पोख्रेल समेत घाईते भएकोमा उनको जिल्ला अस्पताल ईनरूवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.