छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

कैलाली, चितवन, सिरहा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कैलाली, टिकापुर नगरपालिका-४ अस्नेहरी चोकमा बुधबार दिउँसो से.६ प ५२०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने पैदलयात्री ८५ वर्षीया कलधरी रावलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१९ तमु चोकमा प्रदेश नम्बर २-००३-००४ प ९४४० नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटना हुँदा सोही महानगरपालिका-६ गितानगर बस्ने ३५ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी रामपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, सिरहा नगरपालिका-१ हटियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बुधबार साँझ ठक्कर दिंदा सोही ठाउँ बस्ने १८ वर्षीय नरेश सदाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.