नुवाकोटमा बस दुर्घटना: १६ जना घाईते, २ जनाको अवस्था गम्भीर

नुवाकोटमा बस दुर्घटना: १६ जना घाईते, २ जनाको अवस्था गम्भीर

नुवाकोटको पञ्‍चकन्या गाउँपालिका ४ थप्रेकमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

बिहीबार बिहान पञ्चकन्या गाउँपालिका आरुखड्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस १० मिटर तल खस्दा १६ जना घाइते भएका हुन्। घाइते मध्य २ जनाकाे अवस्था गम्भिर रहेकाे छ ।

गम्भीर घाइतेहरुमा इन्दिरा खतिवडा र मंगले तामाङ रहेका छन्। उनीहरुलाई उपचारको लािग हेलिकप्टरमार्फत काठमाडौँ पठाउने प्रयास भइरहको पञ्चकन्या गाउँपालिकाका उपप्रमुख सीता खड्का पराजुलीले बताइन्।

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.