मोटरसाइकल दुर्घटनामा श्रीमानकाे मृत्यु, श्रीमती घाइते

मोटरसाइकल दुर्घटनामा श्रीमानकाे मृत्यु, श्रीमती घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका ४ बेतनामा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्‍किँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक भेन सोमबार दिउँसो एकआपसमा ठोक्‍किँदा मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका ५ का ५४ वर्षीय पशुपति भट्टराईको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भट्टराईको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा राती मृत्यु भएको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती लक्ष्मी भट्टराई घाइते भएकी छन् । उनको साेहि अस्पतालमा उपचार भइरहेको छ । म्याजिक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.