ट्रकको ठक्करबाट एक युवकको मृत्यु

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.