जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, अन्य चार घाइते

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, अन्य चार घाइते

कञ्चनपुरमा बुधबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

महाकाली नगरपालिका- २ मा रहेको मायापुरी सामुदायिक वनमा बिहान घासदाउरा गर्न गएको बेला जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

हात्तीले आक्रमण गर्दा स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि भारत लगिएको छ ।

दुईओटा हात्तीको समूहले उनीहरुमाथि आक्रमण गरेको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.