मकवानपुरमा सवारी साधनको ठक्करबाट दुई जनाको मृत्यु

मकवानपुरमा सवारी साधनको ठक्करबाट दुई जनाको मृत्यु

मकवानपुरमा सवारी साधनको ठक्करबाट मंगलबार राति दुई जनाको मृत्यु भएकाे छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले हेटौँडा ९ को पशुपति नगरमा रहेको नेपाल बैंक अगाडि ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएकाे हाे । महिलाको परिचय खुलेको छैन ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका ६ का कञ्चन ठाकुरको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका १० की ३५ वर्षीया सर्मिला थापा मगरको हातखुट्टामा चोट लागेको छ । घाइते दुवै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका ४ को मक्रान्चुली नजिक टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

मंगलबार राति मकवानपुगढी गाउँपालिका ४ को मनकामना मन्दिर जाने सडक खण्डमा बा ४ ख ६३५५ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय दिपक पाख्रिनको मृत्यु भएकाे प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएपछि स्थानीयले टिप्परमा तोडफोड गर्नुका साथै प्रदर्शन गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.