जंगली हात्तीको आक्रमणबाट बालकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट बालकको मृत्यु

सिरहामा जंगली हात्तीको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट सिरहा मिर्चैया नपा ७ रामपुरका श्रवण महतोको १० वर्षीय छोरा रविन्द्र महतोको मृत्यु भएको हो । उनको सोमबार राती उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीकै आक्रमणबाट गोलबजार नपा १० धर्मपुरका कङ्सलाल लामा घाइते भएका छन् । उनी शौचका लागि बाहिर निस्केका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।  लामालाई थप उपचारको लागि धरान लगिएको छ ।

हात्तीले सोमबार रातीनै गोलजबार नपा ३ मुसहर्निया लवटोलीका अशोक सदाय, बद्रि सदाय, रामचरित्र सदाय र दिलवर सदायको घर भत्काएको प्रहरीले जनाएको छ । सोही हात्तिले राती नै गोलबजार १० का जिवछ साहको घर समेत भत्काई दिएको छ ।

त्यस्तै हात्तीकै  अक्रमणबाट आइतबार राती लहान नपा १६ तरेगनाका रामभरोस महतोको काठ र बाँसले बनेको घर  समेत भत्काएको जनइएको छ ।

पछिल्ला दुई दिनयता सिरहाको चुरे क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.