छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

सर्लाही, रुपन्देही, धनुषा, बाँके र मकवानपुरका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सर्लाही, मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही चक्रघट्टा गाउँपालिका-९ बस्ने २७ वर्षीया संगिता देवीको घट्नास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा लु.२ ख १७२८ नम्बरको टिपर सोमबार राति दुर्घटना हुँदा टिपर चालक रुपन्देही शुद्धोधन गाउँपालिका-३ बतेनी बस्ने ३० वर्षीय राज कुमार यादवको घट्नास्थलमै मृत्यु भएको छ ।

धनुषा, नगराईन नगरपालिका-२ स्थित सडकमा ज.२ त ३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटो छेउमा रहेको पोखरीमा पल्टिएर सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय ललन सदालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाँके, कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकमा भे.७ प २१५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका-५ रझेना बस्ने २३ वर्षीय सुभाष कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयास्थित सडकमा ना.४ ख ७४३७ नम्बरको ट्रकले ना.५१ प २१८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुर हटौंडा उपमहानगरपालिका-१ बस्ने ३५ वर्षीय सुरेन्द्र आले मगरको चुरेहिल अस्पताल हुँदै मेडिकल कलेज चितवनमा थप उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-५ दरदरा बस्ने २५ वर्षीय सुरेश स्याङतानको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.