रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सडक छेउमा रोकी राखेको ना५ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किँएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाकाे सम्बन्धमा थप अनुसन्धान गरीरहेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.