सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका १३ बर्षीय बालक रामकृष्ण तामाङको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका बालकको सवारी चालक अनुमतिपत्र छैन । मोटरसाइकल चालक सिकारु बालक भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.