बाग्लुङ्गमा फेरी जिप दुर्घटना: ११ जना घाइते, ३ जनाको अवस्था गम्भीर

बाग्लुङ्गमा फेरी जिप दुर्घटना: ११ जना घाइते, ३ जनाको अवस्था गम्भीर

बागलुङको बरेङमा कुल पूजामा पुगेर फर्किदै गरेको जिप दुर्घटना  हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

बागलुङको हुग्दिशिर बराहकोटबाट बरेङतर्फ जाँदै गरेको ध १ ज १८३ नम्बरको पिकअप जिप पोखराचौरमा दुर्घटना  हुँदा ११ जना यात्रु घाइते भएका छन् ।  घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा ४० वर्षीय श्यामबहादुर पुन, ३५ वर्षीया दीलकुमारी पुन सैनामैना , ६० वर्षीय मतीलाल श्रीष, तिलमाया श्रीष, बरेङ २ का ३२ वर्षीय विष्णु श्रीष, १८ वर्षीया इच्छा श्रीष, ४० वर्षीया तिलकुमारी छन्त्याल, २६ वर्षीया कमला बिक, ३९ वर्षीया कमला पुन र जिप चालक अनिल घर्ती मगर घाइते भएका छन् ।

त्यस्तै गुल्मी कालिगण्डकी ७ की २३ वर्षीया सुस्मा पुन पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये इच्छा, विष्णु, तिलकुमार छन्त्याल तथा तिलकुमारी पुन र कमला बिकलाई पोखरा रेफर गरिएको छ ।

दुर्घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

गएकाे मंसिर १७ गते गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको कार्की परिवार चढेको जिप दुर्घटना हुँदा १५ जनाको मृत्यु भएकाे थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.