छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा बा.४ ख १७४६ नम्बरको ट्रिपरले बा.७९ प ७४७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक डडेल्धुरा घर भई हाल म्हेपी बस्ने २३ वर्षीय केशब भाटको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रो अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, शंकरापुर नगरपालिका-८ बज्रयोगिनीस्थित सडकमा बा.४९ प ९६१५ नम्बरको मोटरसाइकल शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तनहुँ भानुमती बस्ने २७ वर्षीय मिन प्रसाद पौडेलको शुष्मा कोईराला मेमोरियल अस्पताल साँखु हुँदै नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको छ ।

कैलाली, गौरीगंगा नगरपालिका-८ वडैपुरस्थित सडकमा ना.५ ख २५२१ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिँदा सोही नगरपालिका-७ मनिकापुर बस्ने पैदलयात्री ७० वर्षीया पतनी देवी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, राप्ती सोनारी गाउँपालिका-२ जिरो प्वाईन्टस्थित सडकमा रा.१ झ १६१ नम्बरको एम्बुलेन्स र ना.८ ख ५४३२ नम्बरको ट्रक शनिबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका एम्बुलेन्समा सवार दाङ दंगीशरण गाउँपालिका-५ बस्ने ३६ वर्षीय तिलकराम खड्काको ३ दिनको छोरी र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका-१ बस्ने २८ वर्षीय चित्र बहादुर सुनारको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका तिलकराम खड्का र उनकी २४ वर्षीया श्रीमती मालती खड्काको थप उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका -२ महादेवपट्टीस्थित सडकमा को.१४ प ७७२७ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया समिना खातुनलाई उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, कन्काई नगरपालिका-७ बिरिङखोला पुलमा मे.१० प २९५४ नम्बरको मोटरसाइकल र मे.११ प २९२८ नम्बरको मोटरसाइकल शनिबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मे.११ प २९२८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने २४ वर्षीय नितेश न्यौपानेको बीएमसी बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, परवानीपुर गाउँपालिका-३ स्थित सडकमा ना.६५ प ५८२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको ट्रकले शनिबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँस्थित धोवनी बस्ने २८ वर्षीय जय कुमार राउतको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-२१ चोरनी बस्ने २५ वर्षीय अर्जुन कुमार पटेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१३ खनारस्थित कोशी राजमार्गको किनारमा ना.३ ख ८३४३ नम्बरको रोकी राखेको ट्रकमा शनिबार साँझ को.१४ प ६०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठक्कर खाँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ खनार बस्ने २५ वर्षीय अशोक चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगर न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्रक चालक सिन्धुली घर भएका ३१ वर्षीय गंगा प्रसाद नेपालको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, टिकापुर नगरपालिका-४ अस्नेरीस्थित सडक किनारामा बिग्रिएर रोकी राखेको से.१ क ४४३ नम्बरको ट्रकमा से.६ प ५४०९ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख बिन्द्रासैनी नगरपालिका-४ घर भई हाल टिकापुर नगरपालिका-१ डेरा गरी बस्ने २१ वर्षीय ध्रुब शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.