दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

बागलुङ दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले गम्भीर घाइते अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागी सेनाको हेलिकोप्टरमार्फत काठमाडौको शिक्षण अस्पतालमा ल्याएको हो ।

गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबरलगत्तै घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका लागि विष्ट नेपाली सेनाको हेलिकोप्टर लिएर वुर्तिबाङ पुगेका थिए ।

बाग्लुङको बडिगाड दुर्घटनामा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको थियो । एकजनालाई बडिगाड खोलाले बगाएर वेपत्ता बनाएको छ । जीपमा १८ जना सवार थिए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.