ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

सिरहाकाे सिराहा नगरपालिका-९ गुलरियास्थित सडकमा ट्याक्टरले साईकललाई ठक्कर दिँदा साईकल यात्रीकाे मृत्यु भएको छ ।

स.१ त ६७३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिँदा साईकल यात्री सोही नगरपालिका-८ बस्ने बिनोद खेरवारको ९ वर्षीय छोरा पप्पु खेरवारको मृत्यु भएको हाे । ट्याक्टरकाे ठक्करबाट गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले फरार ट्याक्टर चालककाे खाेजी गरिरहनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.