छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

चितवन, बारा र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

चितवन, खैरहनी नगरपालिका-१० बडागाउँस्थित भित्री सडकमा ना.५८ प ९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय मदरा चौधरीको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-२९ खहरे पुल नजिक मुग्लिङ-नारायणगढ सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री बर्दिया बाँसगढी नगरपालिका-५ मगरागढी घर भएका ३३ वर्षीय सन्तराम थारुको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, सुवर्ण गाउँपालिका-८ स्थित हर्दिया चोकमा बिआर ०५ क्यू ९११३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २० वर्षीय बृज प्रशाद यादवलाई उपचारको लागि हेल्थ केयर वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

रुपन्देही, बुटबल उपमहानगरपालिका-१२ कलुवास्थित पूर्व-पश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको भे.१ क १४४८ नम्बरको टिपरमा ना.४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सैनामैना नगरपालिका बस्ने २९ वर्षीय दिपक पन्थ र ३१ वर्षीय नविन कडेंलको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.