टिपर दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

टिपर दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगियो

हुम्लामा बुधबार भएको टिप्पर दुर्घटनामा घाइते भएका ११ जना बिरामीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट खाद्य संस्थानको चामल बोकेर सदरमुकाम सिमकोटका लागि छुटेको लु४ ख ३२६९ नम्बरको टिपर बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार चार जनाको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका ११ जनाकाे हुम्लामा उपचार उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा टिपरमा सवार नाम्खा गाउँपालिका-१ हेप्का बस्ने ४६ वर्षीया छिरिङ कर्मा तामाङ, ३५ वर्षीया नरी लामा र खार्पुनाथ गाउँपालिका-१ प्युसा बस्ने १९ वर्षीय बबरजंग शाहीको घटनास्थलमै मृत्यु भएकाे हो।

गम्भीर घाइते भएका सिमिकोट गाउँपालिका-६ सिमिकोट का ५८ वर्षीय भक्तबहादुर रोकायाको जिल्ला अस्पताल सिमिकोटमा उपचारको क्रममा मृत्यु भएकाे थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.